नेप्से परिसुकमा ३ अंकको गिरावट : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

नेप्से परिसुकमा ३ अंकको गिरावट

मेरो आर्थिक मेरो आर्थिक मंसिर १८ गते २०८०

आज सोमबार नेप्से सूचक ३ अंकले घट्दै १८ सय ४७.८१ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको बजारमा यस दिन २९२ स्टकको ४३ हजार ४२८ पटकको कारोबारमा १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज डेभलपमेन्ट बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?