भगवती हाइड्रोपावर डेभलपमेन्टको लाभांश प्रस्तावसहितको साधारण सभा
मेरो आर्थिक
मंसिर २५ गते २०८०
समयः ८:५४ am

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ।
हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ७ जना र साधारण शेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । कम्पनीले पुस २४ गते, मंगलबार, अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजे शुरु हुनेछ।