Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेप्से परिसूचकमा ३० अंकको गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
पौष १७ गते २०८०
नेप्से परिसूचकमा ३० अंकको गिरावट

सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ । आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ४ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Add a new comment