निफ्राको शेयर फाल्गुण २३ पश्चात कारोबार गर्न सकिने : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

निफ्राको शेयर फाल्गुण २३ पश्चात कारोबार गर्न सकिने

मेरो आर्थिक मेरो आर्थिक माघ १० गते २०८०

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) को लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ।

हाल १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको यी शेयरहरु फाल्गुण २३ पश्चात कारोबार गर्न सकिनेछ। बैंकले एक सूचना प्रकाशित गर्दै सो कुराको जानकारी दिएको हो।

लक-इन अवधि एक पूर्वनिर्धारित अवधि हो जसको अवधिमा लगानीकर्ताहरूलाई कम्पनी वा लगानीमा उनीहरूको सेयर वा सम्पत्ति बेच्न, स्थानान्तरण गर्न वा डिस्पोज गर्न प्रतिबन्ध लगाइन्छ।

बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ जसले हाल सम्मका इस्सीउजहरु हेर्दै आएको छ ।