Skip to content
logo
कार्तिक २४ गते २०८१ समयः

लगानी र ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्काशन गर्दै सिंगटी हाइड्रो

मेरो आर्थिक
मेरो आर्थिक
माघ ११ गते २०८०
लगानी र ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्काशन गर्दै सिंगटी हाइड्रो

सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले फागुन २ गतेदेखि हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको थप लगानी र ऋण भुक्तानी गर्नु यस निष्काशनको मुख्य उद्धेश्य रहेका छन् जस अन्तरगत अर्बिट इनर्जी प्रा. लि. र ह्याबिटाट पावर कम्पनी प्रा. लि. मा लगानी गर्ने र ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्न कम्पनीको योजना छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई ASBA सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट C-ASBA प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

Add a new comment