जेठ ६ गते २०८२

आइपिओ जारी गर्दै पुवाखोला-१ हाइड्रोपावर, सम्झौतापत्रमा हस्ताक्षर

मेरो आर्थिक मेरो आर्थिक माघ ११ गते २०८० १२:२५ PM

काठमाडौं, ११ माघ। पुवाखोला–१ हाइड्रोपावरले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल चयन गर्दै Initial Public Offering (IPO) जारी गर्ने भएको छ।

पुवाखोला–१ इलाममा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालनमा छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने बताएको छ।

पुवाखोला–१ प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले नियुक्ति सम्झौतापत्रमा हस्ताक्षर गर्दै अबको केही दिनमै सर्वसाधारणलाई लगानी अवसर प्रदान गर्दै आइपिओ जारी गर्ने बताएका छन् ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.