साताको दोस्रो दिन नेप्सेमा वृद्धि, हिमालयनको कारोबार आज पनि उच्च : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

साताको दोस्रो दिन नेप्सेमा वृद्धि, हिमालयनको कारोबार आज पनि उच्च

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०८०

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर १०.२६ अंक बढेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक २१०४.७२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ३ हजार पटकको कारोबारमा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार कित्ता शेयर कारोबार भएको छ।

सोमबार यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, आज बिन्ध्यबासिनी हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर र समाज लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गरिमा विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकममा हिमालयन रिइन्योरेन्स उच्च रहेको छ । कम्पनीको सोमबार ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?