Skip to content
logo
वैशाख ४ गते २०८२ समयः

चन्द्रागिरीको लक इन पिरियड खुलेपछिको ठूलो कारोबार ट्रेड

मेरो आर्थिक
मेरो आर्थिक
माघ १६ गते २०८०
चन्द्रागिरीको लक इन पिरियड खुलेपछिको ठूलो कारोबार ट्रेड

चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक शेयरको लक इन पिरियड माघ ८ गते खुलेको थियो । खुलेपछि धेरै कारोबार हुन नसकेको केही दिनमा पहिलोपल्ट अर्थात मंगलबारको कारोबारमा चन्द्रागिरीको ५० हजारको ठूलो कित्ता ८ सय ८० रुपैयाँ १० पैसामा ४ करोड ४० लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको अगुवाईमा स्थापना भएको चन्द्रागिरी हिल्समा मुख्य संस्थापकको शेयर पर्सनल ग्यारेन्टी (पीजी)मा रहेकाले ठूलो कित्ताको शेयर कारोबार हुन सकेको थिएन ।

प्रायः संस्थापक शेयरको लक इन पिरियड खुल्दा बजार मूल्य घट्ने गरेकोमा चन्द्रागिरीको हकमा भने सो दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन सर्किट लेभलमा कारोबार भएर मूल्य माथि गएको थियो । लक इन पिरियड खुलेपछि इन्ट्रा डेमा चन्द्रागिरीको शेयरले ११ सय ४५ रुपैयाँमा उच्च मूल्य बनाएको थियो ।

Add a new comment