Skip to content
logo
वैशाख ४ गते २०८२ समयः

तेस्रो दिन पनि नेप्से वृद्धिमा निरन्तरता, तीन स्टकको सकरात्मक सर्किट

मेरो आर्थिक
मेरो आर्थिक
माघ १६ गते २०८०
तेस्रो दिन पनि नेप्से वृद्धिमा निरन्तरता, तीन स्टकको सकरात्मक सर्किट

साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले तेस्रो कारोबार दिनमा पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।

नेप्से निरन्तर उकालो लागेपछि भोल्यूम पनि बढ्दै गएको छ। यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा ठूलो कित्ता कारोबार भएको चन्द्रागिरी हिल्सका साथै समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेड रहेका छन् । त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ८.३५ प्रतिशत घटेको छ।

Add a new comment