Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

हिमालयन हाइड्रोपावर लि.को आम्दामीमा ४.३२% वृद्धि, नाफा भने ऋणात्मक

मेरो आर्थिक
मेरो आर्थिक
माघ २३ गते २०८०
हिमालयन हाइड्रोपावर लि.को आम्दामीमा ४.३२% वृद्धि, नाफा भने ऋणात्मक

हिमालयन हाइड्रोपावर लिमिटेडले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद नाफा ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । जुन तुलनात्मक रुपमा हेर्दा ४.३२ प्रतिशत बढी हो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको अन्य आम्दानी नभएका कारण खुद नाफा भने ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड ९४ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८६ लाख रुपैयाँ ऋणात्मक भएको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ कराेड २० लाख रूपैयाँ अन्य आम्दानी गरेकाे थियाे। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.२३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.०१ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २.१७ प्रतिशत घटेको छ।

Add a new comment