साताको तेस्रो दिन नेप्से वृद्धिमा निरन्तरता, कारोबार HRL कै उच्च : Mero Aarthik
कार्तिक २८ गते २०८२

साताको तेस्रो दिन नेप्से वृद्धिमा निरन्तरता, कारोबार HRL कै उच्च

मेरो आर्थिक मेरो आर्थिक माघ २३ गते २०८०

अघिल्लो कारोबार दिनको अन्तिम समयमा बढेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिदै बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक ९.४४ अंक बढेर २०८५.७१ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४३ करोडको शेयर कारोबार भएको बजारमा मंगलबार ३१५ स्टकको ६६ हजार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने समाज लघुवित्तको शेयर मंगलबार पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?