हिमालयन रि इन्स्योरेन्सको साधारण सभाका लागि आह्वान : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

हिमालयन रि इन्स्योरेन्सको साधारण सभाका लागि आह्वान

मेरो आर्थिक मेरो आर्थिक माघ २८ गते २०८०

हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

कम्पनीले उक्त सभामा विभिन्न प्रस्ताव पारित गर्ने तयारी गरिरहेको छ । जसमा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा, बोनस शेयर वितरण, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने जस्ता विषयहरु रहेका छन् । कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरण गर्ने त्यसपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।