मंगलबार कारोबार रकम बढेतापनि नेप्से परिसुचक घट्यो : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

मंगलबार कारोबार रकम बढेतापनि नेप्से परिसुचक घट्यो

मेरो आर्थिक मेरो आर्थिक फागुन १ गते २०८०

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक ३०.५६ अंक घटेर २०७०.५९ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८२ हजार ८९९ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ९.७० प्रतिशत घटेको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?