Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

नवनियुत्त मन्त्रिमण्डलले देशको शेयर बजारमा कस्तो प्रभाव पार्ला ?

मेरो आर्थिक
मेरो आर्थिक
फागुन २४ गते २०८०
नवनियुत्त मन्त्रिमण्डलले देशको शेयर बजारमा कस्तो प्रभाव पार्ला ?

बुधवार बसेको एमाले र माओवादी सहितको सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुङ्गो लगाइएको छ जसको कारण शेयर बजारले पनि नै प्रतिक्रिया दिन सुरु गरेको पाइन्छ ।

सुरुवातमा केही अंक उकालो लागेको बजार त्यस पछि निरन्तर उक्लिँदो क्रममा रहेको थियो। बुधबार एक बजेसम्म सूचक करिब २८ अंकले बढ्यो। तर त्यसपछि को को मन्त्री बन्दै छन् भन्ने खबर चुहिन थाल्यो, खबर चुहिए सँगै शेयर बजारले उल्टो गति समायो। अझै करिब दुई बजेपछि नामावली नै प्रकाशित भएपछि शेयर बजार बेस्सरी घट्यो। बुधवार नै सूचक बढेर २०३६ अंक सम्म पुगेको थियो। तर बजार दुई बजे पछि भने घटेर १९९३ अंक सम्म ओर्लियाे। त्यसपछि बढेर २०१७.०३ पुगेर बन्द हुन पुग्याे ।

खासगरि अर्थ मन्त्रालयमा माओवादीका तर्फबाट वर्षमान पुन आउने भएपछि शेयर बजारले उल्टो गति समायो। पुनलाई शेयर बजारले खासै रुचाएन। आम लगानीकर्तामा एमालेका विष्णु पौडेल आउँछन् भन्ने अपेक्षा अनुरूप सुरुवाती चरणमा बढेको बजारले पुनको इन्ट्रीलाई नरुचाएको देखिएको छ ।

अर्थमन्त्री को हुने भन्ने विषयले शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्छ। खासगरि शेयर बजारले माओवादी अर्थमन्त्रीलाई रुचाएको इतिहास छैन। काँग्रेस वा एमाले अर्थमन्त्री हुँदा शेयर बजार गुलजार भएको इतिहास छन्। यस अघि वर्षमान पुन अर्थमन्त्री हुँदा सुरुवाती दिनमा शेयर बजार घटेको थियो भने उनी बाहिरिँदै गर्दा भने बजार थोरै बढेको थियो। यस अघि वर्षमान पुन २०६८ भदौ १८ गते अर्थमन्त्री भएका थिए। उनी अर्थमन्त्री हुँदा शेयर कारोबार मापक सूचक ३३९.२६ अंकमा थियो। उनी नियुक्त भएको भोलिपल्टै देखि घट्न थालेको बजार २९८.६९ अंक सम्म झरेको थियो। उनी नियुक्त भए देखि बजार लगातार ८ महिनासम्म बढ्न सकेको थिएन। ८ महिनापछि भने सूचकले बढ्दो लय समाएको थियो। उनको कार्यकालको सुरुवाती दिनदेखि बाहिरिँदाको दिनसम्म गणना गर्ने हो भने उनको कार्यकालमा समग्र सूचक २०६.८८ अंक बढेको थियो। उनको कार्यकालमा सबैभन्दा बढी ५५५.९३ अंकसम्म उक्लिएको थियो। तर उनी बाहिरिँदा भने सूचक ५४६.१४ अंकमा झरेको थियो। पुन २०६९ चैत १ गते बाहिरिएका थिए।

तुलनात्मक रूपमा बर्षमान पुन माओवादी भित्रका लिवरल व्यक्तिका रूपमा चिनिन्छन् । मुस्किलले गठबन्धन बनाएकाे माओवादीले सरकारमा टिक्न पनि हार्डलाइनर बन्न सक्दैन । बिगतमा उनी अर्थमन्त्री बनेर बाहिरिँदा पनि नेप्से सूचक बढेरै  गएकाले याे पटक पनि उनी अर्थमन्त्री बन्दैमा  लगानीकर्ता त्रसित बन्नु पर्ने देखिँदैन ।

Add a new comment