सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको साधारण सभा आह्वान : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको साधारण सभा आह्वान

मेरो आर्थिक मेरो आर्थिक चैत्र २ गते २०८०

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (SGIC) ले छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा चैत २९ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न इन्स्योरेन्सले सभा आह्वान गरेको हो ।

सभाले हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?