वैशाख २९ गते २०८२
ब्रेकिङ न्यूज

नेरुडे मिर्मिरे र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच सम्झौता

मेरो आर्थिक मेरो आर्थिक चैत्र ५ गते २०८० ८:०७ AM

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड(NMLBSL)ले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । हिजो एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।

उक्त सम्झौतापत्र अनुसार शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौँ मार्फत २०८० चैत्र ०४ गते आइतबारका दिनदेखि नै प्रारम्भ भएको छ ।

नेरुडे लघुवित्त  र मिर्मिरे लघुवित्त आपसमा गाभिई फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रिय स्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.