Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

कुमारी बैंककाे ९७ हजार १ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख २० गते २०८१
कुमारी बैंककाे ९७ हजार १ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएको हाे।

उक्त सेयर खरिदका लागि पहिलाे चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले बुघबारदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न चाहने सेयरधनीहरुले बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा खरिद गर्न चाहेकाे सेयरकाे संख्या खुलाई आवेदन दिनुपर्ने बैंकले जनाएकाे छ ।

सेयरकाे मूल्य सेयर बिक्रेताले तोकेकाे अनुसार हुने जनाइएकाे। उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरेमा अन्य साधारण लगानीकर्ता तथा संस्थालाई बिक्री गरिने बताइएकाे छ ।

Add a new comment