नेपाल लाइफकाे लाभांश वितरण प्रस्ताव अनुमाेदन गर्न एजिएम, बुकक्लाेज कहिले ? : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

नेपाल लाइफकाे लाभांश वितरण प्रस्ताव अनुमाेदन गर्न एजिएम, बुकक्लाेज कहिले ?

मेरो आर्थिक मेरो आर्थिक जेठ २९ गते २०८१

लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न नेपाल लाइफ इन्स्योरेन्सले असार १८ गते साधारण सभा डाकेकाे छ । कम्पनीकाे २३ औँ र २४ औँ वार्षिक साधारण सभा एकैपटक डाकिएकाे हाे ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरिने लाभांशकाे प्रस्ताव अनुमाेदनका लागि साधारण सभा बाेलाएकाे हाे । सभा होटल भिष्वा, वीरगञ्ज, पर्सामा साे दिन बिहान ९ बजे बाेलाइएकाे छ।

सभाबाट २१.०५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ। यस्तै संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक चयन गरिने भएकाे छ । सर्वसाधारण समूहबाट ३ जना र १ स्वतन्त्र सञ्चालक चयन गरिनेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परिक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ४ गते बुकक्लोज गरिने भएकाे छ। सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरुले असार ३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?