साताको अन्तिम दिन आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर
मेरो आर्थिक
मंसिर २० गते २०८१
समयः ९:४५ am
काठमाडौं, २० मंसिर । बिहिबार तीन कम्पनीहरुकाे लाभांश सुरक्षित गर्न सकिने भएकाे छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स र एनआरएनले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि शुक्रबार भाेलि मंसिर २१ गते बुकक्लोज हुने बताएका छन् । उता फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते बुकक्लोज गर्ने जनाएकाे छ।
लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर काराेबकार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु नै साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य मानिनेछन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स
सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस ६ गते सत्रौँ साधारण सभा डाकेकाे छ । सभा बिग होटल, विराटनगरमा बिहान १० बजे बाेलाइएकाे छ।
सभाबाट २० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । साथै संस्थापक शेयरधनीबाट रिक्त रहेकाे पदमा सञ्चालककाे नियुक्ति, लेखापरीक्षक नियुक्तिि र पारिश्रमिक ताेकिनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १२ औं वार्षिक साधारण सभा पुस १२ गते बाेलाएकाे छ । सभाले ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बोनस वितरणपछि एक बराबर एककाे रेसियाेमा हकप्रद शेयर निष्काशनको प्रस्ताव हुनेछ । कम्पनीकाे साधारण सभा आम्रपाली व्यान्क्वेट, काठमाडौंमा बोलाइएको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे पन्ध्रौँ साधारण सभा पुस ११ गते, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा बाेलाइएकाे छ । सभा बिहान १० बजे बाेलाइएकाे छ।
सभाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांशसहित ९०.४७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अुमाेदन हुनेछ ।
सभामा अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर वा एक्विजिशनकाे कार्य गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पेश गरिने भएकाे छ ।