Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपालले विश्वकपको तेस्रो खेलमा आज नामिबियाको सामना गर्दै

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ९ गते २०८०
नेपालले विश्वकपको तेस्रो खेलमा आज नामिबियाको सामना गर्दै

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । उक्त खेलमा टस हारेर पहिला ब्याटिङ गरेकाे नेपाल १३२ रनमै अल आउट भएको थियो । नेपालका भीम सार्कीले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले बलिङमा कडा प्रतिस्पर्धा गर्दै ३३.१ ओभरमा खेल पुर्याउँदै ६ विकेट लिएको थियो ।

दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

नेपाल रोहित पौडेल र नामिबिया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् ।

Add a new comment