पहिलो हाफमा उज्बेकिस्तानलाई रातो कार्ड, नेपाल ३-१ ले पछाडी
काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा पहिलो हाफमा नेपाल उज्बेकिस्तानसँग ३-१ गोलले पछि परेको छ ।
खेलको दोस्रो मिनेटमै शुरुवाती गोल गरेको उज्बेकिस्तानले खेलको १२औं मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसपछि खेलको २४औ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल गरेकी थिइन् । त्यसपछि उज्बेकिस्तानले खेलको ३९औं मिनेटमा पेनाल्टीबाट गोल गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानकी खेलाडीले रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको छ ।
यस खेलको विजेता एफएफसी एसिया कपमा छनौट हुने हुनाले दुवै देशका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।
