उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज आर्थिक वर्ष २०८०/०८१ को बजेट सम्बन्धी समिक्षात्मक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको आयोजना भएको हो । कार्यक्रम सरकारले ल्याएको आर्थिक नीति तथा बजेटमा के छ, के हुनु्पर्ने थियो, र त्यसमा व्यवसायीहरू सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दैContinue reading “बजेट सम्बन्धी समिक्षात्मक छलफल एवं अन्तरक्रिया”
अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् । १४ गते राती अनधिकृत व्यक्ति प्रवेश गर्यो भन्ने विषयलाई आधार मानेर सदनमा प्रश्न उठेको छ,’ मन्त्री महतलेContinue reading “करको दर चलखेल आरोप आधारहीन: अर्थमन्त्री डा. महत”
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमार्फत अर्थमन्त्री डा.महतले आगामी वर्षका लागि साढे १७ खर्ब रुपैयाँको बजेट ल्याएका हुन् । यो बजेटमार्फत अर्थमन्त्री डा. महतले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य तय गरेका छन् । गत आर्थिकContinue reading “२०८०/८१ को १७ खर्ब ५१ अर्बको बजेट”
सरकारले विदेश भ्रमणमा जानेहरुबाट कर असुल गर्नेगरी आर्थिक ऐन संशोधन गरेको छ । नयाँ व्यवस्थाअनुसार अब विदेश भ्रमणमा जाने नेपालीले भुक्तानी गर्ने रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन कर लाग्ने छ । यस्तो कर वैदेशिक भ्रमणमा जाने व्यक्तिले भ्रमण प्याकेज बिक्रेतालाई खरिदकै बखत कर तिर्नुपर्ने छ ।