Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र २२ गते २०७९
प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता

प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच एक सम्झौता भएको छ । बुधबार सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रमका बीच सम्झौता भएको हो ।

सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीहरूलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्नुका साथै विद्यार्थीहरूको आवश्यकता बमोजिम पुँजी बजार सम्बन्धी सामान्य, आधारभूत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता पत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे. ले हस्ताक्षर गरे । कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

Add a new comment