विद्युतीय सवारी साधानको आयातमा वृद्धि : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

विद्युतीय सवारी साधानको आयातमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक वैशाख ११ गते २०८०

आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ प्रतिशतले वृद्धि भएको छ । गत साउनदेखि चैतसम्म २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएका छन् । गत वर्षको अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । चैतमा मात्रै २ सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

भारतपछि चीनबाट एक सय किलोवाट क्षमताका ३ सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका २ सय ४० र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधान आयात भएका छन् । दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि तीन सय किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

चालु आर्थिक वर्षको नौ महिनामा करिब ७अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म २ हजार ४५१ वटा विद्युतीय सवारी आयातमा ६ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?