प्रभु लाइफले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने
मेरो आर्थिक
वैशाख २७ गते २०८०
समयः १:१३ pm
प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयरसहित ११ प्रतिशत लाभांस दिने भएको हो ।
कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत बोनस सेयर दिनेछ । यो भनेको चुक्ता पूँजी २ अर्बको १० प्रतिशतका आधारमा २० करोड हुन आउँछ । यस्तै, चुक्ता पूँजीको कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले हुन आउने १ करोड ५ लाख २६हजार ३१६ रुपैयाँ नगद लाभांस समेत प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाले र बीमा प्राधिकरणले पारित गरेपछि वितरण हुनेछ ।