वैशाख ११ गते २०८३ --:--:--
मेनु

पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण: सभापति रवि लामिछाने

मेरो आर्थिक मेरो आर्थिक असार ७ गते २०८० ४:५९ PM
पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण: सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताए ।

पार्टी सुरुवात गर्दा नागरिकले आफूहरुलाई विश्वास गरेको तर उक्त विश्वास मतपत्रमा देखिन्छ वा देखिदैन भन्ने आशंका रहेको उल्लेख गर्दै साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजि नै सकेको छ’ लामिछानेले भने, ‘यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु ।’

सभापति लामिछाने आफ्नो सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए ।

बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?