Skip to content
logo
कार्तिक ४ गते २०८१ समयः

स्वास्थ्यलाभ गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ९ गते २०८०
स्वास्थ्यलाभ गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ गत बुधबार स्वदेश फर्किएका छन् । उनी भ्रमणको क्रममा स्वास्थ्यमा समस्या आएसँगै स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका हुन् ।

भ्रमणको क्रममा उनलाई त्यहीँ हृदयाघात भएपछि बेइजिङमा उपचार गराइएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको जनाइएको थियो । गत १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन श्रेष्ठ चीन गएका थिए ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरिएको थियो । हाल उनीको स्वास्थ्यमा कुनै समस्या नभएको जनाइएको छ ।

Add a new comment