Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकता गर्ने समझदारी

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ५ गते २०८०
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकता गर्ने समझदारी

माओवादी केन्द्रसँग पार्टी एकताको लागि नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति गठन गर्ने सहमति भएको छ । सोमबार राति भट्टराई निवासमा बसेको चार जना शीर्ष नेताहरूको बैठकले एकता समायोजन समिति बनाउने सहमति गरेको हो ।

स्रोतका अनुसार नेपाल समाजवादी पार्टीको एकताको लागि महाधिवेशनको एजेण्डा खारेज भई केन्द्रीय कार्यकारिणी बैठकमा पार्टी एकता र समायोजन समिति गठनसम्बन्धी एजेण्डा तथा सङ्गठन सुदृढीकरणका लागि ६ महिने अभियान जारी राख्ने, राष्ट्रिय भेला बोलाउने लगायत एजेण्डाहरु बैठकमा समावेश हुनेछ । यसलाई अनुमोदनका लागि ८ बजे पदाधिकारी बैठक बस्दै छ ।

दिउँसो ३ बजे बस्ने कार्यकारिणी बैठकले यो निर्णय अनुमोदन गर्ने छ भने उक्त कार्यकारिणी बैठकको निर्णय ६ गते बस्ने केन्द्रीय कार्यकारिणी बैठकले अनुमोदन गर्नेछ । सहमतिका लागि सोमबार बेलुका ८ बजे बसेको बैठक राति ११ः४० बजेसम्म बसेको थियो ।

Add a new comment