Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

प्रसाईं नेतृत्वको काठमाडौंका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ७ गते २०८०
प्रसाईं नेतृत्वको काठमाडौंका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले बिहीबार काठमाडौं केन्द्रित प्रदर्शनको स्थान तय गरेको छ । अभियानले काठमाडौंका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको जनाएको हो ।

अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले सूचना जारी गदै जनाएका छन् । उनका अनुसार परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी अगाडिको खुल्ला चौर, काठमाडौंको गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ । त्यहाँबाट जुलुस काठमाडौंको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ ।

जुलुसमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेकका अन्य झण्डाहरु प्रयोग गर्न निषेध गरिएको माण्डव्यको भनाई छ । जुलुसको अग्रस्थानमा धर्मगुरु, ओमकार परिवारलगायतलाई राखेर आम नागरिकहरू पछि लाग्ने उनले जानकारी दिएका छन् ।
जारी सूचना हेर्नुहोला:

Add a new comment