फागुन २० गते २०८२ --:--:--
मेनु

जसपाको कार्यकारिणी समितिको संगठन विस्तार समीक्षा बैठक आज

मेरो आर्थिक मेरो आर्थिक मंसिर २५ गते २०८० ८:४६ AM
जसपाको कार्यकारिणी समितिको संगठन विस्तार समीक्षा बैठक आज

जनता समाजवादी पार्टी (जसपा) नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको  तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न आज बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्नेछ । 


उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन् ।


पहिचानका राष्ट्रिय समितिहरु मध्येका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति , ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन् । बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन् ।  जसपाको मधेस प्रदेशअन्तर्गतका जिल्ला बाहेक  २६ जिल्ला समिति पुनर्गठन गरिएका छन् ।


यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन् । जसमध्ये ८० वटा पालिका समिति मधेस प्रदेशअन्तर्गतका रहेका छन् । मधेस प्रदेश समितिले पालिका समितिपश्चात जिल्ला समिति र जिल्ला समिति पुनर्गठन गरेपश्चात प्रदेश समिति पुनर्गठन गर्ने गरी कार्य गरिरहेको छ ।


३ महिने अभियानको दौरान जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्यो । उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?