Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

जसपाले एनसेल प्रकरणको छानबिनको लागि सरकारलाई सुझाव दिने

मेरो आर्थिक
मेरो आर्थिक
पौष १ गते २०८०
जसपाले एनसेल प्रकरणको छानबिनको लागि सरकारलाई सुझाव दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट निर्णय भएअनुसार जसपाले सरकारसमक्ष उक्त सुझाव दिने निर्णय गरेको हो ।

एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुने गरी सेयर बिक्री गर्ने प्रस्ताव, निर्णयलाई तत्काल रोकी कार्यान्वयन नगर्न माग गरेको छ । नेपाली जनताले उठाएको राष्ट्रिय महत्वको उक्त एनसेल प्रकरणमा पार्टी गम्भीर रहेको छ ।

Add a new comment