Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

सामाजिक सञ्जाल निर्देशिका स्वीकृत, १९ प्रकारका प्रतिबन्ध

मेरो आर्थिक
मेरो आर्थिक
पौष ६ गते २०८०
सामाजिक सञ्जाल निर्देशिका स्वीकृत, १९ प्रकारका प्रतिबन्ध

सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । सरकारले स्वीकृत गरेको सामाजिक सञ्जालको प्रयोग नियमन गर्ने निर्देशिकामा १९ प्रकारका प्रतिबन्ध लगाइएको जनाइएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिक, २०८० स्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रतिबन्धित बुँदाहरु यस प्रकार छन्:

# व्यक्तिको तस्बिर विकृत रूपले परिमार्जन गर्न (Photoshop Edited Post)

#  फेक खाता बनाउन र त्यस्ता खाताबाट विषयवस्तु उत्पादन वा सेअरका साथै टिप्पणी गर्न (Fake ID and Post)

#  घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्यदृश्य, तस्बिर सेयर गर्ने र ट्रोल गर्न (Troll against religious tolerance)

# अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच मानिने कार्य गर्न (Insulting and Hate speech)

#  निजी मामिलाका फोटो भिडिओ अनुमतिविना प्रयोग गर्न (Others Photo & Video without Permission)

#  अश्लील शब्द, तस्बिर, भिडिओ, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न (Abusing Stuffs)

#  बालबालिकालाई हानी पुर्‍याउने सामग्री तथा बाल यौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषिद्ध क्रियाकलापलाई प्रोत्साहन गर्न (Content Harmful to Children)

#  मिथ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न (False information)

#  जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न (Gambling)

#  सामाजिक सञ्जाल प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्न र फिसिङ, इम्पोष्टर जस्ता कार्य गर्न लगायत छन्। (Hack, Fishing etc.)

Add a new comment