वैशाख २६ गते २०८२
ब्रेकिङ न्यूज
No breaking news available.

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने

मेरो आर्थिक मेरो आर्थिक पौष १२ गते २०८० 0 मिनेट पढ्नुहोस्

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल गर्न आजलाई बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउने छन्।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।

कांग्रेसले पुसमा गर्ने भनिएको महासमिति बैठकलाई फागुन ७ देखि शुरु गरी फागुन १० गते समापन गर्ने समेत जनाएको छ ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया हो ।

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

© 2021 सर्वाधिकार सुरक्षित मेरो आर्थिक मिडिया प्रा.लि.