बदनियतपूर्ण फैसला गरेको आरोपी न्यायाधीशको राजीनामा : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

बदनियतपूर्ण फैसला गरेको आरोपी न्यायाधीशको राजीनामा

मेरो आर्थिक मेरो आर्थिक माघ ७ गते २०८०

अपहरण लगायतका गम्भीर मुद्दामा बदनीयतपूर्ण रूपमा फैसला गरेको लगायतका गम्भीर आरोपमा छानबिनमा रहेका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले राजीनामा दिएका छन् । छानबिनका लागि न्याय परिषद्मा तानिएका भट्टराइले शुक्रवार राजीनामा दिएका हुन्।

न्याय परिषद्ले भट्टराइसहित अम्बिकाप्रसाद निरौला र राजकुमार कोइरालालाई तानेर सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराइको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले प्रतिवेदन बुझाए पनि कार्यान्वयन भने भएको छैन।

भट्टराईमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा बदनियतपूर्णरुपमा अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको जनकपुरको शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको हत्यामा संलग्नलाई सफाइ दिएको, निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई बलात्कार कसुरबाट सफाइ दिएको आरोप थियो।

उनीमाथि यही दाबीसाथ न्याय परिषद्मा उजुरी गरेपछि अनुसन्धानका लागि परिषद्मा तानिएका थिए। न्यायाधीश भट्टराईले राजीनामा बुझाए पनि स्वीकृत भएको छैन।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?