Skip to content
logo
माघ २३ गते २०८१ समयः

नेपाली कांग्रेस एक वर्षमा थप १करोड घाटामा चल्दै

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ९ गते २०८०
नेपाली कांग्रेस एक वर्षमा थप १करोड घाटामा चल्दै

अघिल्लो वर्ष २०७८/८९ मा ३ करोड ८४ हजार घाटामा रहेको प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस एक वर्षमै थप १ करोड ३५ लाख घाटामा गएको छ। विवरणका अनुसार यस वर्ष करिब साढे चार करोड घाटामा चलिरहेको देखिएको छ ।

गोदावरीमा चलिरहेको महासमितिको वैठकमा केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार ८२३ रुपैंया घाटामा गएको विवरण छ ।

प्रतिवेदनका अनुसार पार्टीको मुख्य आम्दानीको स्रोत चन्दा तथा सहयोग हो भने अन्य स्रोतमा लेवि, प्रकाशन विक्री आदी हुन् ।

त्यस्तै गत वर्ष सबैभन्दा बढी खर्च आम निर्वाचनको लागि भएको छ भने त्यसपछिको खर्च पार्टीका अधिवेशन र सम्मेलनहरुको लागि भएको छ ।

पेश गरिएको विवरण:

Add a new comment