विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसले आपत्ति


नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले विवादित छवि भएका व्यक्तिलाई वर्तमान मन्त्रिपरिषद्मा समावेश गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको हिजोको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीसँग जोडिएको विवादास्पद छवि भएका व्यक्तिलाई कानुनी कारबाही गर्नुको सट्टा मन्त्री बनाएर पुरस्कृत गरेको आरोप लगाइन् ।
उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारका सदस्य सुन तस्करीमा संलग्न पाइएपछि कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । माथिका सबै विषयमा गहन छलफल नगरी सदनले प्रभावकारी ढंगले काम गर्न नसक्ने ह्विप थिङले बताए ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%