वैशाख २९ गते २०८२
ब्रेकिङ न्यूज

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक चैत्र ९ गते २०८० ८:५६ AM

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदल देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.