उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गर्ने : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गर्ने

मेरो आर्थिक मेरो आर्थिक चैत्र २७ गते २०८०

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मंगलबार दिउँसो ३ बजेसम्म उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१) मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्।

एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो। यस्तै नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ (१) मा उपचुनाव हुन लागेको हो। २०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?