इलाम क्षेत्र २ मा उपनिर्वाचनको मतदान, प्रतिनिधिहरुद्धारा मतदान (तस्वीरहरु)
मेरो आर्थिक•
वैशाख १५ गते २०८१
९:४४ AM
आज अर्थात बैशाख १५ गते शनिवार इलाम क्षेत्र २ मा उपनिर्वाचनको मतदान भइरहेको छ । मतदानमा यहाँका प्रतिनिधिहरुले भोट हालेका छन् ।
बिहान ७ बजे मतदान सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म चल्ने छ । इलाम २ का एक सय ४९ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदानको कार्य भइरहेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का खड्काले महेन्द्र रत्न बहुमुखी क्याम्पस ‘क’ केन्द्रबाट, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा, रास्वपाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ दहगाउँ स्थित जनता कल्याण आधारभूत विद्यालयमा, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले जन्म गाउँ फाकफोकथुम ३ सिंहदेबी मा बि (क) बाट मतदान गरेका हुन्।
तस्वीरमा हेरौैं ।
इलाम क्षेत्र नं। २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का खड्काले मतदान गरेका छन्। उनले उनले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।इलाम क्षेत्र नं। २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्। उनले माङसेबुङ गाउँपालिका–२ दहगाउँ स्थित जनता कल्याण आधारभूत विद्यालयमा मतदान गरेका हुन्।इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा उनले मत हालेका हुन् ।इलाम क्षेत्र नं। २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्। उनले माङसेबुङ गाउँपालिका–२ दहगाउँ स्थित जनता कल्याण आधारभूत विद्यालयमा मतदान गरेका हुन्।