वैशाख ११ गते २०८३ --:--:--
मेनु

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै

मेरो आर्थिक मेरो आर्थिक वैशाख ३१ गते २०८१ ८:५२ AM
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेश सभाको वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए ।

आजकै बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गरेका हुन् । जसका लागि उनले प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?