कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै

मेरो आर्थिक मेरो आर्थिक वैशाख ३१ गते २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेश सभाको वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए ।

आजकै बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गरेका हुन् । जसका लागि उनले प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?