इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाबाट बिद्यालय निरिक्षण


इलाम नगरपालिका प्रमुख केदार थापा, नगर प्रवक्ता वडा अध्यक्ष नुतन देव दुलाल, वडा अध्यक्ष गिरिराज रिजाल, वडा सदस्यहरुका साथ सुम्वेक मावि इलाम नगरपालिका २, सुम्वेकको बिद्यालयमा निरिक्षण गर्नु भएको छ । उहाँहरुले बिद्यालयको बर्तमान अवस्थाको निरीक्षण गर्नुभएको हो ।
बिद्यालयले शैक्षिक सुधारका लागि धेरै कार्य गरि रहेको ,भौतिक पुर्वाधार राम्रो रहेको, बिद्यालयको ब्यवस्थापन राम्रो बनाउन प्रयत्न गरि रहेको पाइएको उहाँहरुले जनाउनु भएको छ ।
सम्पुर्ण अवस्थाहरु सकारात्मक गतिमा रहेको उहाँहरुको निष्कर्श छ । फलस्वरुप जन प्रतिनिधि, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति, बिद्यार्थी, शिक्षक र सरोकारवाला सबै मिलेर नमुना बिद्यालय बनाउन पहल गर्न नगर प्रमुख थापाले निर्देशन समेत दिनु भएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%