वैशाख २ गते २०८३ --:--:--
मेनु

राष्ट्रपतिद्वारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८१ ९:४६ PM
राष्ट्रपतिद्वारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

उनले असार ३० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न भनेका हुन् । यसअघि उनले कानुनविद्हरूसँग राय लिएका थिए । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?