एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री पदमा नियुक्त हुँदै, सोमबार सपथको तयारी
मेरो आर्थिक
असार ३० गते २०८१
समयः ७:०१ am
![एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री पदमा नियुक्त हुँदै, सोमबार सपथको तयारी](https://meroaarthik.com/wp-content/uploads/2024/07/oli-and-deuba.jpeg)
३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदै छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।
आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।
दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीला प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।