वैशाख १ गते २०८३ --:--:--
मेनु

देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दुख व्यक्त

मेरो आर्थिक मेरो आर्थिक श्रावण २ गते २०८१ ६:३४ AM
देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दुख व्यक्त

जनता समाजवादी पार्टी, नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दुख व्यक्त गरेको छ ।

आइतबार  विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा, नेपालले सरकारसँग आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टी सदस्यहरु तथा भ्रातृ संगठनहरुलाई अपिल गरिएको छ । पार्टीले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समस्त शोकाकूल परिवाजनमा समवेदना प्रकट गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?