एसिया कपको उपाधि श्रीलंकाले हात पारेको छ । साबिक विजेता भारतलाई हराउँदै श्रीलंकाले उपाधि हात पारेको हो ।
डम्बुला क्रिकेट रंगशालामा आइतबार भारतले दिएको १६६ रनको विजयी लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा २ विकेटकाे क्षतिमा पूरा गर्यो । गत संस्करणमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।
२००४ यता सुरु भएको महिला एसिया कपमा २०१८ को सिजनमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधि जितेको थियो । त्यसबाहेक २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ को उपाधि भारतले जितेको थियो ।























