Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २१ गते २०८१
काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन।

उनले बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पुर्याएको बताए । उनले काठमाडौं उपत्यकाका खानेपानी संरचनामा पनि धेरै क्षति गरेको बताए। महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताए ।

उनले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको बताए । उनले केही समयपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने बताए । उनले सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने,नयाँ मसिन खरिद गरी काम गर्ने बताए।

उनले भने,‘बाढी पहिरोले खानेपानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पुर्याएको छ । अझै डाटा संकलन गर्ने काम गरिरहेका छौं । काठमाडौं उपत्यका खानेपानीमा पनि धेरै क्षति गरेको छ । महाकाल चौउरमा भएका मेसिनरी वस्तुहरु सबै क्षति भएको अवस्था थियो । कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको अवस्था छ । नख्खुको सबै पम्प हाउस सबै बगाएको थियो । पनौतीमा खानेपानीका दुई किलोमिटर पाइप बगाएको छ । महोतरीमा पनि क्षति भएको छ । पहाडी जिल्लामा पनि क्षति भएको छ । अहिलेको संरचनाले काम गर्न सक्ने अवस्था छैन । विपद् व्यवस्थापनबाट काम गर्ने तयारी गरेका छौ । केही समयपछि क्षति भएका संरचनाहरु पुननिर्माण हुन्छन् । सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीले पनि धेरै मेसिन खरिद गरेको छ । मर्मत गरेर चल्ने मेसिनहरुलाई चलाउने प्रयास पनि गरिरहेका छौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने विषयमा हामी गम्भिर छौँ । वर्षातको समयमा रोक्ने गरिन्छ । ४ महिना बन्द गरेर बाँकी ८ महिना खुला हुन्छ । विगतमा हेलचेक्राँई भएको थियो । यो वर्ष त्यस्तो हुँदैन । यो वर्ष मेलम्चीको पानी दशैँअघि काठमाडौंवासीलाई खुवाउने लक्ष्य छ । वर्षातको असरका विषयमा मौसम विभागको सल्लाहअनुसार खोल्छौं । मौसम हेरेर सकेसम्म दशैं अघि खोल्ने लक्ष्य छ । तर स्थानीय बासीको अवरोध पनि छ । चार किसिमको अवरोध छ । बाढी पहिरोको क्षति, स्थानीय गाउँपालिकाको भवन बनाउनु पर्ने, सिएमसी ठेकदारले स्थानीय व्यापारीको पैसा भागेकाले पैसा दिनुपर्ने र सडक बनाउनुपर्ने माग छ । स्थानीयहरुसँग वार्ता चलिरहेको छ । वार्ता सहमतिको नजिकमा छ । मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ । अहिले आन्दोलन गर्ने बेला होइन एक अर्कालाई सहयोग गर्ने बेला हो । सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु । वार्ताबाट सहज रुपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो नभए मेलम्चीका स्थानीयहरुको घरमा नै जान्छु ।’

काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी गरिरहेको बताए । उनले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने सरकारको तयारी रहेको बताए ।

Add a new comment