प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ

‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’

मेरो आर्थिक मेरो आर्थिक वैशाख ३० गते २०८२

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् ।

‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’  यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरहेको उनको भनाइ छ ।

उनले नेपालमा मिडियाको मनपरी चलिरहेको बताए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक जसरी पनि पास गरिने उनको भनाइ छ । ‘अनलाइनका कारण साइबर क्राइम बढेको छ,’ गुरुङले थप भने, ‘अपराधको सीमा छैन । ४० हजार भन्दा बढी उजुरी छ, त्यसमा फेसबुकका कारण छ । अनि यसलाई नियमन गर्नुपर्छ कि पाइँदैन ? हामी गर्छौँ ।’

उनले विधेयकको ड्राफ्ट बन्ने क्रममा रहेको पनि बताए । साथै गुरुङले जातीय सद्भावमा खलल पुर्‍याउने काम नेपाली मिडियाबाट भइरहेको आरोप लगाए । ‘समाजमा अलि कसैले राम्रो काम गर्‍यो भने त्यसलाई खेद्ने काम मिडियाबाट भइरहेको छ,’ उनले भने, ‘अझ अनलाइन मिडियालाई व्यवस्थित बनाउनुपर्ने छ ।’

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?