अर्थमन्त्रीद्वारा आगामी आ.व.को लागि बजेट प्रस्तुत
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको आउने आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको आउने आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षको लागि कुल खर्च तर्फ १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ। कुल विनियोजित रकममध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०।१ प्रतिशत छुट्टाएको छ। त्यसैगरि पूँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०।८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९।०१ प्रतिशत रहेको छ। यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५।६ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १८।०२ प्रतिशत बढी हो ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको बजेटको लागि खर्च व्योहोर्ने स्रोत मध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्योहोर्दा पाँच खर्ब ९५ अर्ब ६६ करोड पुग्ने छैन। नपुगेको रकम पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड जुटाउने सरकारको लक्ष्य छ। राजस्व परिचालन र साहायता परिचालन गर्दा नपुग हुने रकम ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट परिपूर्ति गर्ने अर्थ मन्त्रीले बताए।