वैशाख १२ गते २०८३ --:--:--
मेनु

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८२ १२:४४ PM
प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।

बैठकमा संसदमा रास्वपाले जारी राखेको अवरोधका साथै माओवादी केन्द्रसँग भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेले गरेको दुई बुँदे सहमतिको कार्यान्वयनका बारेमा छलफल हुने बुझिएको छ ।

यस अघि बुधबार अपराहन्न ३ बजेका लागि बोलाइएको बैठक प्रचण्ड चितवनमा रहेका कारण बस्न सकेको थिएन । प्रचण्ड चितवनबाट काठमाडौँ फर्किने हुनाले बैठक आज राखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?