गृहमन्त्री लेखकको आग्रह- प्रहरी विधेयक असार महिनाभित्रै संसदमा पेश गरौँ : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

गृहमन्त्री लेखकको आग्रह- प्रहरी विधेयक असार महिनाभित्रै संसदमा पेश गरौँ

मेरो आर्थिक मेरो आर्थिक असार १२ गते २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधीसभा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

उनले भने- समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं । ७० सालपछि प्रहरी कानून बनाउँदै छौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं ।’

उनले सशस्त्र प्रहरी बलको विधयेक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधयेक पनि टुंगो लगाउन समिति समक्ष्य आग्रह गरे । उनले भने- ‘गृह अन्तर्गतका अरु पनि विधयेकहरु पाइपलाइनमा छन् । यी विषयहरुमा समितिका माननीयहरुले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु ।’

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?